सुप्रियालाई लभलेटर लेखेपछि आमाको गाली खाएका थिए दीपेन्द्रले

dipendra-shahपरपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो । दरबारमा उडिरहेको परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो । गुलेली लागेर परेवा भुइँमा खस्दथ्यो पनि । अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो । उडिरहेको कागलाई पनि गोली हानेर झार्ने । र, त्यसै गर्ने । कहिलेकाहीँ जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने । त्यसलाई तड्पाई-तड्पाई मार्ने । कहिलेकाहीँ भने अति भावुक र गम्भीर स्वभाव पनि देखाइबक्सन्थ्यो । यात्रा गर्न रुचाइबक्सन्थ्यो । सानै उमेरदेखि कविता लेखिबक्सन्थ्यो । बुढानीलकण्ठमा हुँदा सरकारले धेरै राम्रा-राम्रा कविता लेखिबक्सेको छ । सरकारको साहित्यमा विकास होस् भनेर दरबारबाट नेपाली भाषा र साहित्यका केही राम्रा शिक्षकहरूको समेत व्यवस्था गरिएको थियो ।

 

बुढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययन गरिरहेकै वेला दीपेन्द्र सरकारले मसँग एकपटक आफ्नो पीडा सेयर गरिबक्स्यो, ‘मलाई मुमाले अनावश्यक नियन्त्रण गर्न खोजिबक्सन्छ । तिमीले मुमालाई सम्झाइदेऊ ।’ यसमा मैले केही गर्न र भन्न सक्ने कुरा थिएन । खास कुरा त्यतिवेला के परेछ भने सरकारले सुपि्रया शाहलाई मन पराइबक्सेछ । सरकारले सुप्रियालाई लभलेटर लेख्ने गरेको कुरा कुनै स्रोतबाट बडामहारानी सरकारले थाहा पाइबक्सेछ । सायद त्यसबारे बडामहारानी सरकारले युवराजाधिराजलाई भनिबक्स्यो, जुन कुरा दीपेन्द्र सरकारलाई मन परेन र मलाई आफ्नो पीडा सेयर गरिबक्सेको थियो ।

 

सुप्रिया सरकारसँगै पढ्ने त होइन, तर कक्षा ७ मा पढ्दादेखि नै दीपेन्द्र सरकारले सुप्रियालाई मन पराइबक्सेको थियो । सरकारले सुप्रिया पनि विभिन्न केटीलाई भेट्ने र लभलेटर लेख्ने गरेको कुरासमेत हामी एडिसीले थाहा पाइरहेका हुन्थ्यौँ । त्यो उमेरमा गर्लफ्रेण्ड बनाउने र लभलेटर लेख्ने गरेको बडामहारानीलाई मनपर्ने कुरै भएन । कुनै पनि अभिभावकलाई मन पर्दैन । त्यति सानो उमेरमा यस्तो व्यवहार गर्नु राम्रो पनि होइन । त्यसमाथि बडामहारानी सरकारबाट व्यक्तिगत रूपमा भन्दा पनि पारिवारिक नाताका हिसाबले दीपेन्द्र र सुप्रियाको वैवाहिक सम्बन्ध रुचाइबक्सेको थिएन । दीपेन्द्र र सुप्रिया दुई दिदी-बहिनीका नाति र नातिनी । सुप्रिया मुमा बडामहारानी रत्नकी आफ्नै दिदीकी नातिनी । त्यसैकारण सरकारबाट दीपेन्द्रको सुपि्रयासँगको सम्बन्ध तोड्न चाहिबक्सेको थियो । आफ्नी मुमालाई मन नपरेको भए पनि युवराजाधिराजलाई चाहिँ त्यही केटीसँग सम्बन्ध राख्नुपर्ने । यो विषयमा सरकारहरूमा इगो बढिरहेको थियो । बडामहारानी सरकार कुनै पनि हालतमा सुपि्रयासँग विवाह हुनै नदिने अडानबाट विचलित होइबक्सेन । त्यति नजिकको नातामा विवाह गर्‍यो भने सम्बन्ध राम्रो हुँदैन, बच्चा पनि राम्रो जन्मिँदैन भन्ने सरकारको जिकिर थियो । सुप्रिया नन कम्पिटेन्ट टु दी क्वीन (सुप्रिया रानी हुन लायक छैन) पनि भनिबक्सन्थ्यो । यसरी हुकुम भएको मैले पनि सुनेको छु । बडामहारानीले सोझै यसो भन्दा युवराजाधिराजलाई पटक्कै मन पर्दैनथ्यो र ह्वाट इज सी थिंक अफ हरसेल्फ ? ह्वाट वाज सी बिफोर ? (मुमाले आफूलाई के ठानेको ? विवाह गर्नुअगाडि मुमाको हालत के थियो ?) समेत भन्ने गरिबक्सन्थ्यो, त्यो कलिलो उमेरमै । उता सुप्रिया आफ्नै दिदीको नातिनी भएकीले युवराजाधिराजसँग सुपि्रयाको विवाह गर्दा ठीक हुन्छ, राम्रो हुन्छ भन्ने मुमा बडामहारानी रत्नको जोड थियो । यसबारे महाराजाधिराजको माध्यमबाट रत्नले दबाब दिने काम भइरहेको छ भन्ने पनि सुनिएको थियो । यसप्रकार राजा वीरेन्द्र मुमा बडामहारानी र बडामहारानीको दोहोरो दबाबमा होइबक्सन्थ्यो । (पृष्ठ ४२)

 

Advertisements
This entry was posted in संस्मरण र दैनिक डायरी. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s